प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-२६

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०२।२५ गते २०:२० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.६ घुर्सुवाबाट लागू औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा सोही ठाउँ बस्ने २७ को अबिशेक चटौतलाई ०.०९ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको र निजलाई सोधपुछ गर्दा ऐ. बस्ने सागर साउँदले लागू औषध किनबेच गर्छ भनि खुल्न आएकोले निज सागर साउँदको घरमा समेत खानतलासी गर्दा निजको घरको कोठाको खाट मुनि लुकाई छिपाई राखेको अवस्थामा ०.११ ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ, डिजिटल काँटा र प्लाष्टिकको पुडिया बनाउन काटेको कालो प्लाष्टिक बरामद भएको र निज सागर साउँद घरमा फेला नपरेकोले निजको खोजि कार्यका साथै सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

   यसैगरी,  मिति २०८१।०२।२५ गते ००:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ गोबरिया बस्ने वर्ष ३१ को रवि सिंह भाटको घरमा लागू औषध कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा निजको घरमा खानतलासी गर्दा घर भित्र लुकाई छिपाई  राखेको लागू औषध PHENERGAN Ampul थान २०५, REXOGESIC Ampul थान ३४ र प्रयोग भएको सिरिञ्ज थान १ समेत बरामद गरी निज रबि सिंह भाटलाई  नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।