प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०२-२७

  • A
  • A-
  • A+
Share

   अछाम:- मिति २०८१।०२।२६ गते १३:५५ बजेको समयमा जिल्ला अछाम, रामारोसन गा.पा.५ सल्लीसैन दासबाँडा बस्ने जगत दासको २ तले २ कोठे ढुङ्गा माटोले बनेको घरमा जडान रहेको बिजुलिको सर्भिस तार सर्ट हुन गई आगलागी हुँदा घरभित्र रहेका सुन, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,००,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१३

     कैलाली:- मिति २०८२।०१।१२ गते १३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल स्थित भारतबाट नेपाल आउदै गरेको अवस्थामा जिल्ला बैतडी, दशरथचन्द न.पा.१ बस्ने बर्ष २७ को विरेन्द्र सिंह भाटलाई ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०१।१२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट जिल्ला डोटी, जोराईल गा.पा.१ गैरा बस्ने बर्ष २४ को किरण बहादुर बिश्वकर्मालाई २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।