प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मृत्यु

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

    अछाम:- मिति २०८१।०२।२७  गते १६:३० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.१४ पातलकोट बस्ने बर्ष ४१ को पदम बोहरा (बिद्युतको कर्मचारी नभएको) ऐ. स्थित सरस्वति आधारभुत विद्यालय भासुबन नजिकै रहेको बिद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।