प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।२८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ट्राफिक चौराहा, ऐ. १० जुगेडा, ऐ. १९ बहुलीयाघाट, टिकापुर न.पा.८ झुँगा र ठोसे बजार स्थित भित्री सडक खण्ड र भजनी न.पा.५ हलौनाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९६,५९५।– बराबरको प्याज, चिनी, सुर्ती, पेय पदार्थ, बिडी, टायर रिङ, तर्बुजा, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०२।२८ गते कञ्चनपुर जिल्लाको बेलौरी न.पा.२ दिनापुर र बैजुडाडा, ऐ.४ बेलौरी स्थित, पुनर्वास न.पा.९ हरियालिटोल र ऐ. १० चकमलि बजार सहित बिभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,४३,६४०।–  बराबरको पेय पदार्थ, प्राउन, मैदा, पानीपुरी, बिंडी, सुर्ती, पटाका, साबुन, चक्लेट, कुरकुरे, छाता, चियापत्ति, मेहेन्दी, डाटा केवल, कप सेट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१३

     कैलाली:- मिति २०८२।०१।१२ गते १३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल स्थित भारतबाट नेपाल आउदै गरेको अवस्थामा जिल्ला बैतडी, दशरथचन्द न.पा.१ बस्ने बर्ष २७ को विरेन्द्र सिंह भाटलाई ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०१।१२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट जिल्ला डोटी, जोराईल गा.पा.१ गैरा बस्ने बर्ष २४ को किरण बहादुर बिश्वकर्मालाई २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।