प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।२८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ट्राफिक चौराहा, ऐ. १० जुगेडा, ऐ. १९ बहुलीयाघाट, टिकापुर न.पा.८ झुँगा र ठोसे बजार स्थित भित्री सडक खण्ड र भजनी न.पा.५ हलौनाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९६,५९५।– बराबरको प्याज, चिनी, सुर्ती, पेय पदार्थ, बिडी, टायर रिङ, तर्बुजा, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०२।२८ गते कञ्चनपुर जिल्लाको बेलौरी न.पा.२ दिनापुर र बैजुडाडा, ऐ.४ बेलौरी स्थित, पुनर्वास न.पा.९ हरियालिटोल र ऐ. १० चकमलि बजार सहित बिभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,४३,६४०।–  बराबरको पेय पदार्थ, प्राउन, मैदा, पानीपुरी, बिंडी, सुर्ती, पटाका, साबुन, चक्लेट, कुरकुरे, छाता, चियापत्ति, मेहेन्दी, डाटा केवल, कप सेट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।