प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यु

२०८१-०३-०९

  • A
  • A-
  • A+
Share

   बैतडी:- मिति २०८१।०३।०८ गते ११:०० बजेको समयमा जिल्ला बैतडी, पुर्चौडी न.पा.१० महरागाउ स्थित घर नजिकै रहेको सिचाईको लागी बनाएको पानि ट्याङ्कीमा खेल्ने क्रममा  सोही ठाउँ बस्ने सेर सिह महराको छोरा बर्ष अन्दाजी  ४/५ को मुकेश महरा डुबी घाइते भई उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याएकोमा अस्पताल पुग्नासाथ मृत्यु भएको,  सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२३

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र रु.३,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडा बस्ने १८ बर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२२ गते ऐ.१ अदालत रोडबाट पक्राउ  गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा १ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ बागबाणी वस्ने बर्ष २१ रोहित दमाईलाई अस्थायी प्रहरी पोष्ट पुष्पलालचोक, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२२ गते निजकै घर ठेगाना बाट पक्राउ गरेको ।   

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२३

      कैलाली:-  मिति २०८२।०३।२२ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.९ पाताभार स्थित निजकै घर ठेगानाबाट बर्ष २१ को जनक बोगटीलाई लागूऔषध सेबन गरिरहेको अवस्थामा फेला पारी घर कोठा खानतलासी गर्दा ११४ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।               कञ्चनपुर:- मिति २०८२।०३।२२ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोके बजार स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा से ७ प ८८५ मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, धनगढी उ.प.म.न.पा.५ शिवनगर बस्ने वर्ष ३३ को ईन्द्र ध्वज बमको साथबाट ७०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।