प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०३-१०

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागू औषध मुद्दामा २० दिन कैद सजाय तोकिइ फरार रहेकी भिमदत्त न.पा. ६ बस्ने बर्ष २३ की नेहा सार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।०९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।

सम्बन्धित समाचार
आगलागीबाट ४ चौपायाको जलेर मृत्यू
२०८३-०१-१६

  बझाङ :-  जिल्ला बझाङ मष्टा गा.पा.५ द्धारी बस्ने राजेन्द्र कठायतको ढुङगा माटोले बनेको दुई तले दुई कोठे कच्ची घरमा गएराती आगलागी हुँदा गोठमा बाधेका २ वटा  गोरुको जलेर मृत्यु भएको हो । आगलागीबाट घर पुर्ण रुपमा जलेको, मानविय क्षती केही नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।     बैतडी :-  जिल्ला बैतडी सिगास गा.पा.५ ठुला खोला स्थित जगनाथ धामीको खरले छाएको गोठमा मंगलबार दिउसो आगलागी हुँदा २ वटा भैसीको जलेर मृत्यु भएको र २ वटा भैसी जली घाईते भएका छन । आगलागीबाट गोठ जलेर नष्ट भएको हो, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । 

२ जना फरार प्रतिवादी पक्राउ
२०८३-०१-१६

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा १८ दिन कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उ.म.न.पा.१८ बस्ने गोमा बोहरा बयडीलाई इलाका प्रहरी कार्यालय बहुलिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।   कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।३० गतेको फैसलाले अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुर मुद्दामा १० वर्ष कैद सजाय र रु.३,००,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा. १० बस्ने वर्ष ४५ को मोहन सिह ऐरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउसो जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ दशरथचोक निजकैबाट पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१५

   कैलाली:-  जिल्ला कैलाली भजनी न.पा.७ हिम्मतपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६९,३५०।– बराबरको चिनी,मिठाई,चिसो पदार्थ सोमबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१० सुकासाल स्थितबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २३,७००।–बराबरको कपडा सोमबार दिउसो अस्थायी प्रहरी पोष्ट सुकासाल,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।