प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-१४

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।१३ गते १८:०० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटाबाट ऐ. धनगढी उ.म.न.पा.१३ वस्ने बर्ष २८ को कमल भट्टको साथबाट २१०  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा सो पदार्थ सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको

    बाजुरा:- मिति २०८१।०३।१३ गते ०९:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा जिल्ला बाजुरा, बुढिगंगा न.पा. ७ वायल बस्ने बर्ष २१ को बाबुराम खड्काको कुखुरा फार्ममा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ४१० मिलिग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ,  डिजिटल तराजु थान-१ र ४१०  मिलिग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ फेला पारि उक्त पदार्थ सहित निज बावुराम खड्का र खप्तड-छेडेदह गा.पा.-५ डोगडी बस्ने बर्ष २६ को दिपक रावत समेत दुवै जनालाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।