करेन्ट लागी मृत्यु र घाईते
२०८१-०३-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।२८ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा. ३ धुसी बस्ने चन्द्र बहादुर पाण्डेको छोरा बर्ष १३ को जनार्जन पाण्डेले आफ्नै घर आगन नजिकै रहेको नालामा आफ्नै घरबाट बिद्युतको तार लगी माछा मार्ने क्रमामा करेन्ट लागेकोमा सोही ठाउँ बस्ने बर्ष १८ को पारश ठगुन्नाले जनार्जन पाण्डेलाई बचाउन खोज्दा दुबै जनालाई करेन्ट लागी घाईते भई प्रा.स्वा.के.भजनी कैलालीमा ल्याई उपचारको क्रममा जनार्जन पाण्डेको मृत्यु भएको, घाईते पारश ठगुन्नाको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।