प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०३-२९

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।२८ गते २२:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटा स्थित माछापालनको गेट नजिक अत्तरिया बाट धनगढी तर्फ जादै गरेको सु.प.प्र.०१-००८ प ३३३७ नम्बरको मोटरसाईकल छाडा गोरु संग ठोक्किन जाँदा चालक  धनगढी उ.म.न.पा.४ उत्तरबेहडी बस्ने बर्ष ३५ को भिम बहादुर पुन गम्भिर घाईते भई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ऐ.२३:२५ बजे  मृत्यु भएको, गोरुको घटना स्थलमानै मृत्यु भएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।