प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पुलबाट नदीमा हाम फाली मानिसको मृत्यु

२०८१-०४-०१

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०३।३१ गते २३:३० बजेको जिल्ला कैलाली, गोदावरी न.पा. ८ स्याउले स्थित खुटिया नदिको पुलबाट सोही ठाउँ बस्ने बर्ष ५५ को जोक्कर बहादुर गुरुङ्ले हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्याउले, कैलालीबाट प्रहरी टोली खटिइ गई उद्दार गरि तत्कालै उपचारको लागि पदमा अस्पताल अत्तरीया हुदै थप उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाएकोमा ऐ. २४;३० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको,  सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।