प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

इलाका प्रहरी कार्यालयकमलबजार, अछामको नव-निर्मित भवन उदघाटन

२०८१-०४-०१

  • A
  • A-
  • A+
Share

  मिति २०८१।०३।३१ गतेका दिन जिल्ला अछाम, कमलबजार नगरपालिका १  स्थित इलाका प्रहरी कार्यालय कमलबजारको नव-निर्मित कार्यालय, आवास तथा मेश भवनको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.बाट बिशेष कार्यक्रमका बिच समुद्घायटन सम्पन्न भयो ।

समुद्घायटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अथिति प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. ले नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च हुनुका साथै सुबिधा सम्पन्न भवनले प्रहरीमा थप जोश, जाँगर र उर्जा बढेर जाने हुँदा सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले नागरीक-मैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउदै आम नागरिकहरुलाई प्रदान गरिने सेवा समेत समय सापेक्ष र गुणस्तरीय हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो । वहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्न र अपराध अनुसन्धान तथा नियन्त्रणमास्थानिय तह एवं नागरीक समाजसँग हातेमालो गरी कार्य गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि के.सी.ले इलाका प्रहरी कार्यालय कमलबजारको नव-निर्मित भवनको लागिइलाका प्रहरी कार्यालय स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्नु हुने स्व.श्री गिठे कामीका प्रतिनिधि निजकी भाई बुहारी श्रीमती नन्दकला कामी,भवन निर्माण कम्पनी दिब्य ज्योती जेभी इन्टरप्राइजेजधनगढी,भवन निर्माण कार्यमा प्रत्यक्ष रुपमा सहयोग पुर्यााउनेकमलबजार नगरपालिका,सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, भौतिक पुर्वाधार शाखा धनगढीका प्राविधिक प्रहरी नायव उपरीक्षक ई. श्री चिरन्जिवी प्रताप महतो र  प्रहरी बरिष्ठ नायव निरीक्षक ई.श्री हेमन्त सिँह ठगुन्नालाई कदर पत्रले सम्मान गर्नु भएको थियो भने भवन निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्याईउनु हुने सम्पुर्ण महानुभावहरुलाई हृदय देखि हार्दिक आभार व्यक्त गर्नु भएको थियो । उक्त भवन सुदुरपश्चिम प्रदेश सरकारबाट बिनियोजित ५ करोड ११ लाख ११ हजार ३ सय ६९ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको थियो ।

समुद्घाुटन कार्यक्रममा कमल बजार नगरपालिका प्रमुखश्री यज्ञ प्रसाद ढकाल र उप-प्रमुख श्री शारदा कुमारी बिष्ट, पञ्चदेवल विनायक नगरपालिका प्रमुख श्री अम्बिका चलाउने र उप-प्रमुख श्री हर्क बहादुर रावल, तुर्माखाँद गाउँपालिका अध्यक्ष श्री डम्बर बहादुर बि.सी., ढकारी गाउँपालिकाका उपाध्यक्ष श्री नेत्रकला शाही, अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री शिव प्रसाद लम्साल,नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहरा, प्रा.प्र.ना.उ. ई.चिरञ्जिवी प्रताप महतो,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, स्थानिय जनप्रतिनिधीहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, बिभिन्न संघ संस्था, पत्रकार महासंघ एवं स्थानिय एफ.एम.का प्रमुख तथा प्रतिनिधी लगायत सर्वसाधारण समेत गरि अन्दाजी १६० जनाको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।