प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चितुवा मृत अवस्थामा फेला

२०८१-०४-०१

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:- मिति २०८१।०४।०१ गते १०:५० बजेको समयमा जिल्ला डडेल्धुरा, गन्यापधुरा गा.पा. १ छब्बिसे मोड स्थित जानकी सामुदायिक बनमाचितुवा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी भात्काँडा, डडेल्धुरा र सव डिभिजन बन कार्यालयडडेल्धुराबाट संयुक्त टोली खटिई गई१२:१५ बजेको समयमा घटनास्थल मुचुल्का समेतको कार्य पुरा गरी प्रहरी टोली र वनडिभिजन कार्लयको टोली फिर्ता भएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।