प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-०४-०३

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०४।०२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.७ सरस्वती स्कुल नजिक, भजनी न.पा.३ कुसुमघाट र जानकी गा.पा. ७ गोलौरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,३८०।– बराबरको प्याज, चिनी, सुर्ती, बिडी, कुरकुरे, लिचिका बोट, कागतीका बोट, अंगुरका बोट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

    कञ्चनपुर:- मिति २०८१।०४।०२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. भिमदत्त न.पा. ११ बिद्युत कार्यालय नजिक, दोधारा चाँदनी न.पा.६ हेल्थपोष्ट नजिक, पुनर्वास न.पा.११ डोकेबजार  र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७४,९६८।– बराबरको चिनी, खाने तेल, दाल, सुर्ती, कस्मेटिक सामान, हार्डवेयरका सामान, कुर्ती, धोती, कुर्ता सुरवाल, युरिया मल, पोटास, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२८

कैलाली:- कैलाली धनगढी उ.म.न.पा. २ सारदा स्कुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२१,६००।–  बराबरको छिद्रा माछा बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका ८ नेपाल भारत सीमाना १८ नम्बर पिल्लर स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,२००।–  बराबरको बोईलर कुखुरा र पुनर्वास न.पा.३ SPL स्कुल नजिकैबाट अन्दाजी मुल्य रु. २०,२००।– बराबरको पेय पदार्थ,कपडा र किराना लगायका सामानहरु बुधबार इलाका प्रहरी कार्यालय दोदारा चाँदनी र त्रिभुवनबस्ति,कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।