प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०४-०५

  • A
  • A-
  • A+
Share

    मिति २०८१।०४।०४ गते १५:३० बजे जि.कञ्चनपुर भिमदत्त न.पा. १८ भगतपुर स्थित ला.औ.ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले लागु औषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ऐ. बस्ने बर्ष २० को दिप्पु चौधरी र ऐ.ऐ. बस्ने बर्ष २९ को अशोक चौधरी उपर शंका लागी चेकजाच गर्ने क्रममा अशोक चौधरीले लगाएको हाप पाईन्टको दाहिने खल्तीमा लुकाई छिपाई राखेको  ०.३० ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।