प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८१-०४-०८

  • A
  • A-
  • A+
Share

    जिल्ला प्रहरी कार्यालय कैलाली:- मिति २०८१।०४।०७ गते ०७:३० बजे जि.कैलाली घोडाघोडीन.पा.१ सुखड चोकमा जि. कैलाली भजनी न.पा.९ डम्पुर बस्ने बर्ष २५ को गणेशमानसिंहलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ३०० मिलिग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने धुलो पर्दाथ बरामद गरि मानिस सहित ईलाका प्रहरी कार्यालय सुखडको प्रहरी टोलीले नियन्त्रणमा लिएको, आवश्यक अनुसन्धान भईरहेको ।

     यसैगरि, मिति २०८१।०४।०७ गते २०:२० बजे गोदावरी ७ श्रीपुरबाट ऐ.बस्ने बर्ष २८ को शेर बहादुर चौधरीलाई संका लागि चेक जाँच गर्दा निजको साथबाट शुद्ध तौल १७० मिलिग्राम लागु-औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरी मानिस सहित इलाका प्रहरी कार्यालय अत्तरिया कैलालीको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भरहेको ।

     यसैगरि, मिति २०८१।०४।०७ गते १८:०० बजे गौरीगंगा न.पा.४ राजीपुरबाट ऐ. बस्ने वर्ष ३५ को सुनिल बहादुर खडायतले चलाएको सु.प.प्र. ०१-०११ प ७६७० नंबरको मोटरसाईकललाई शंका लागि चेक जाँच गर्दा उक्त मोटरसाईकलमा लुकाई छिपाइ राखेको अवस्थामा लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल ३ ग्राम, लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध तौल २ ग्राम र साथबाट नगद रु. ७३८०/- बरामद भएकोमा, निजको घरमा खानतलासी गर्दा घरबाट नेपाली रु. ३९,०००।– (उनान्चालिस हजार मात्र) र भारतिय रु. ३७,०००।– (सईतिस हजार मात्र) बरामद भई कुल नेपाली रु. १,०५,५८०।– (एकलाख पाँच हजार पाँच सय असी मात्र) सहित निज र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट थप अनुसन्धान भईरहेको । 

     साथै, २०८१।०४।०८ गतेको अं००:०५ बजे जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ बसपार्कबाट निम्न व्यक्तिहरुलाई शंकालागी चेकजाँच गर्दा निजहरुको साथबाट ३७० मिलिग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि निजहरुलाई वडा प्रहरी कार्यालय धनगढी तथा मातहतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भईरहेको ।

                                                                  निम्न ;-

१.जि.मोरङ पथरी शमशेर न.पा.१ घर भई हाल जि.कैलाली धनगढी उप-महानगर पालिका ४ बसपार्क बस्ने बर्ष ४९ कोरिसिकेश निरौला 

२.जि.कैलाली चुरे गा.पा.३ घर भई हाल ऐ. धनगढी उप-महानगरपालिका ४ बसपार्क बस्ने बर्ष १६ को किशोर ।

     जिल्ला प्रहरी कार्यालय कन्चनपुर- २०८१।०४।०७ गते १७:०० बजे जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ७ कङ्गला पुलबाट ऐ. बेल्डाडी गा.पा.४ घर भई हाल ऐ. बेदकोट न.पा.७ बस्ने वर्ष २५ को रोहित चौधरी र ऐ. भिमदत्त न.पा. ३ बस्ने बर्ष २८को शुवाश चौधरीलाई शंका लागी चेकजाँच गर्दा रोहित चौधरीले लगाएको जिन्स पाईन्टको बाँया खल्तीबाट शुद्ध तौल २.०९ ग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ बरामद गरी नेपाल प्रहरी प्रदेश कार्यालत ला.औ.नि.ब्युरो महेन्द्रनगर रजिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त पदार्थ सहित निज दुबै जनालाई नियन्त्रणमा लिएको, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१८

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९ बङ्ग्राकटान र टिकापुर न.पा.९ खक्रौलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३१,६३०।– बराबरको बिडी, सुर्ति, आँप लगायतका सामानहरु विहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० बिद्युत कार्यालय नजिक र बेलौरी न.पा.१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३८,८८०।– बराबरको पेय पदार्थ, अण्डा, मोवाईल कभर, विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०१-१८

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०१।१७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.५,०००।– जरिवाना र अभद्र ब्यबहार मुद्दामा २७ दिन कैद सजाय र रु.३,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ भगतपुर बस्ने बर्ष २३ को योगेश माल ।२. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. २,००० जरिवाना तोकिएको जिल्ला कञ्चनपुर ,लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष २२ को प्रदिप राना ।       दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०७२।०२।१३ गतेको फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ बर्ष कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला दार्चुला, मालिकार्जुन गा.पा.५ डाँडाकोट बस्ने बर्ष ३२ को हरिश राम लुहार र सोही मुद्दामा ५ महिना कैद सजाय र रु.१,०००।– जरिवाना तोकिएकी सोही ठाउँ वस्ने बर्ष ४२ की पार्वती लुहारलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले विहीवार पक्राउ गरेको हो ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१८

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.६ मटियारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० को प्रकाश रानालाई विहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली भजनी न.पा.३ जस बहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६५० मिलिग्राम सहित जोशिपुर गा.पा.५ सिमराना बस्ने १६ वर्षिय किशोरलाई विहीवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.३ सामादैजीबाट ६ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित आफ्नै घरको पछाडी सिढी नजिकबाट बर्ष २७ को केशब बोहरालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषधको कारोवार भई रहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजलाई खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कञ्चनपुर बेलौरी न.पा. १० सडकघाटबाट ६ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अटो चालक बेलडाँडी गा.पा.२ सिंहपाल बस्ने बर्ष ४७ को करन ओखेडा समेत ४ जनालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको सु.प.प्र. ०१-००१ ह ८४४३ नम्वरको डिजल अटोमा सवार निजहरु चारै जनालाई उक्त पदार्थ, अटो सहित पक्राउ गरेको हो ।    

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१७

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक र ऐ. ८ राधास्वामी मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,३९०।– बराबरको पङखा, किराना लगायतका सामानहरु वुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ५ बनगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,९७,१००।– बराबरको मोवेल, मार्वल कटर, गेटवाल, भारतिय नम्वर प्लेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु वुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।