प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बेबारिसे लास फेला परेको

२०८१-०४-०८

  • A
  • A-
  • A+
Share

  इ.प्र.का.दोधारा चाँदनी कन्चनपुर(बेवारिसे शव फेला :- ०८१।०४।०७ गते अ.१४:३० बजे दोधारा चाँदनी न.पा.३ को १३ नं.पिल्लर जमुनाघाडी स्थित रमेश डौडेको खेतबारीमा जोगबुढा नदीले बगाएर ल्याएको नामथर वतन खुल्न नआएको अ.२८।२९ बर्षको महिलाको शव सडेगलेको अवस्थामा फेला परेको, ऐ.१६:२५ बजे उक्त लाशको घटनास्थल कार्य पुरागरी पोष्टमार्टमका लागि दोधारा-चाँदनी अस्पतालमा राखिएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।