प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-०४-१४

  • A
  • A-
  • A+
Share

     कैलाली :- मिति २०८१।०४।१३ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, ऐ. वडा नं.१८ E गाँउ, गोदावरी न.पा.१ महेन्द्रनगर रोड,  ऐ. वडा नं.३ मालाखेती चोक, टीकापुर न.पा.-८ कमलगाउ, र भजनी न.पा.५  जुठाघाटबाट जिल्ला प्रहरी कार्यालय धनगढी कैलाली र मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी मुल्य रु. १,४९,५७४०/- बराबरको चिनि, सेन्डिल, पवन सुर्ति, विडि, साइकलको ब्रेक,मोबाइल खेलौना, चप्पल चप्पल लगायतका सामानहरु वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा आवश्यक कार्वाही भईरहेको । 

     कञ्चनपुर- मिति २०८१।०४।१३ गते पुनर्वास न.पा.११ डोकेबजार र भिमदत्त न.पा.१० गज्जरबाट खटिएको प्रहरी टोलीले भारत बाट नेपाल भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य रु.७७,०६०/- बराबरको लेडीज सुट, सुपरपावर सुर्ति , ड्रिल काटी, धारामा लगाउने टुटी लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा आवश्यक कार्वाही भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।