प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०४-१४

  • A
  • A-
  • A+
Share

    अछाम :- मिति ०८१।०४।१३ गते १४:२० बजे (नकबजनी चोरि )कसुर मुद्दामा सम्मानित अछाम जिल्ला अदालतबाट मिती २०८०।०५।२९ गते रु.३०,०००।– जरिवाना तोकीई फरार रहेको प्रतिवादी साँफेबगर न.पा.१० घुघुरकोट बस्ने बर्ष ५१ को रन बहादुर मिजारलाई इलाका प्रहरी कार्यालय साँफेबगर समेतबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको ।  सो सम्बन्धमा थप कार्वाही भईरहेको । 

    कैलाली :- मिति २०८१।०४।१३ गते १०:३० बजे बिना ईजाजत राष्ट्रिय वन पैदवार ओसारपसार मुद्दामा १८ दिन कैद सजाय तोकिई फरार रहेको जिल्ला कैलाली, गौरीगंगा न.पा. वडा नं.०७ कम्दा बस्ने बर्ष ६९ को नर बहादुर बमलाई इलाका प्रहरी कलय मसुरिया कैलालीबाट कटिएको प्रहरी टोलीले पक्रु गरेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।