प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०४-१५

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर :- मिति २०८१।०४।१४ गते ०९:३० बजे भिमदत्त न.पा.११ चौकीसत्ता, ऐ न.पा.६ ऐठपुर, पुनर्वास न.पा.-६ कान्तीलामा चोक समेतबाट भारतबाट भंसार छली गरि ल्याइको मोजा, अण्डरवेयर,साईकलको ट्युव, ब्रोईलर कुखुरा, बिउ-बिजन, प्लाष्टिक, चिनि, चियापत्ति, बिडि, सलाइ, बिषादी, घासको बिउ, खाने तेल, नमकिन लगायतका अन्दाजी मुल्य रु. ३,५९,४५०।- बराबरको सामानहरु  बरामद गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाइएको ।

     कैलाली :- मिति २०८१।०४।१४ गते धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, ऐ वडा न.५ एकसिस स्कुल नजिक, ऐ.वडा -१२  बटौरीघाट, गोदावरी न.पा.१ धनगढि रोड स्थित बिधुत कार्यालय नजिक र कैलारी गा.पा. वडा नं.४ हनुमान मन्दिर नजिकबाट भारतबाट भन्सार छली गरि ल्याएको कुर्ता-सुरवाल कपडा, चिनि, प्याज, डिस्पोजेवल गिलास, सलाई, डेरिमिल्क, सेतो पेडा, सुर्ती, कुर्ति, पास्ता, सरप लगायतका अन्दाजी मुल्य रु.२,१३,५९०/- बराबरको मालसामानहरु बेबारिसे अवस्थामा बरामद गरेको, सो सम्बन्धमा आवश्यक कार्वाही भईरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।