प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०४-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०४।०१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ मिलन चोक, ऐ. ४ बसपार्क नजिक, ऐ. ७  बेली र गोदावरी न.पा.५ गेटा स्थित गेटा आँखा अस्पताल जाने बाटोको भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७४,६५५।– बराबरको प्याज, चिनी, दाल, कुर्ती, नमकिन, सुर्ती, बिडी, धोती, साडी, सुटपिस, प्लाष्टिक झिल्ली, बोइलर कुखुराको मासु, मोटरसाइकल थान-१  लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको । 


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१३

     कैलाली:- मिति २०८२।०१।१२ गते १३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल स्थित भारतबाट नेपाल आउदै गरेको अवस्थामा जिल्ला बैतडी, दशरथचन्द न.पा.१ बस्ने बर्ष २७ को विरेन्द्र सिंह भाटलाई ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०१।१२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट जिल्ला डोटी, जोराईल गा.पा.१ गैरा बस्ने बर्ष २४ को किरण बहादुर बिश्वकर्मालाई २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।