प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०४-१९

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०४।०१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा, STS सिनेमा हल नजिक, दिप टोल, ऐ. ३ मिलन चोक, बिद्युत कार्यालय नजिक, सहिदगेट, ऐ. १५ उर्मी, टीकापुर न.पा.९ बालुवाटार, भजनी न.पा. ३ कुसमघाट, ऐ. ५ लालबोझी, कैलारी गा.पा.४ भितरीया र जोशीपुर गा.पा.४ झबहीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,८९,५८८।– बराबरको प्याज, चिनी, दाल, खुर्सानी, सुर्ती,  कुर्ती, सुटपिस, गाउन, सेण्डो, कट्टु, जुत्ता, कस्मेटिक सामान, औषधी, राखि डोरी, राखि प्याकिङ गर्ने डिब्बा, राखि पेपर, प्लाष्टिक डोरी, माछा, बोईलर कुखुरा, मोटरसाईकल थान-१  लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको । 

   कञ्चनपुर:- मिति २०८१।०४।१८ गते जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ गुम्बा र डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६३,२००।– बराबरको राखि डोरी, राखि प्याकिङ गर्ने डिब्बा, राखि पेपर, सुटपिस, कुर्ती लगायतका सामानहरु इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।