प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-२०

  • A
  • A-
  • A+
Share

   अछाम, मंगलसेन नगरपालिका-६ ठुलासैनबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने डोटी दिपायलसिलगढी नगरपालिका-५ घर भएका २३ वर्षीय अरूण जंग टेलरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ठुलासेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

     यसैगरी अछाम, कमलबजार नगरपालिका-६ गैरीटाँड बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमलबजार नगरपालिका-५ कुईका घर भएका ६७ वर्षीय गोरे चलाउने र सोही नगरपालिका-६ बिरपथ घर भएका ५९ वर्षीय कलम शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय अछाम र अस्थायी प्रहरी पोष्ट गैरीटाँडबाट खटिएको प्रहरीले सोही ठाउँस्थित नेत्र कोल्ड स्टोर संचालन गर्ने गोरेलाई १ सय ३२ ग्राम र तरकारी तथा खुद्रा पसल संचालन गर्ने कलमलाई १ सय १४ ग्राम चरेश जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।