प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०४-२०

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०४।१९ गते २०:०० बजेको समयमा नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा. ४ घर भइ हाल जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ भासी कोठा गरी बस्ने १८ बर्षिय किशोर र जिल्ला बैतडी, सुर्नया गा.पा.४ घर भएका १८ बर्षिय किशोर कोठामा बसिरहेको अवस्थामा शंका लागि कोठा भित्र खाँनतलासी गर्दा लेदरको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा ०.७८  ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र  नगद रु.२३,६००।– फेला पारि आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थ, नगद र निजहरु दुवै जनालाई  नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।