प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०४-२३

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०४।२२ गते १५:०० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौलाबाट जिल्ला बर्दिया, गेरुवा गा.पा.२ बस्ने वर्ष २२ को अमित थारु र बर्ष २४ को किशोर गिरीलाई २१०  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

    कञ्चनपुर:- मिति २०८१।०४।२२ गते १७:३० बजेको समयमा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय, महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.८ मजगाँउबाट सोही ठाउँ बस्ने बर्ष  ३० को अनिल रानालाई १२०  मिलिग्राम लागू-औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।