प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध (चरेश) सहित मानिस पक्राउ

२०८१-०५-०१

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८१।०५।०१ गते १२:०५ बजेको समयमा नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र लागू औषध नियन्त्रण व्युरो शाखा कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ३ भाँसि स्थित ब्रहमदेब सडक खण्डबाट ऐ.६ बस्ने बर्ष ५३ को शिवराज भट्ट र बेदकोट न.पा.३ बस्ने बर्ष ३७ को सुरेश सुनारलाइ शंका लागी चेकजाँच तथा खानतलासि गर्दा प्लाष्टिकको जेब्रा झोला भित्र लुकाइ छिपाइ राखेको ५ (पाँच) केजी लागू औषध (चरेश) जस्तो देखिने कालो पदार्थ र नगद रु.१२,९३०।- सहित फेला पारि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।