प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पहिरोमा पुरिएर चार जनाको मृत्यु

२०८१-०५-०३

  • A
  • A-
  • A+
Share

बझाङ, बुंगल नगरपालिका-१० टुमेडा बस्ने ६२ वर्षीय बिर बहादुर धामीको घर गएराति अविरल वर्षाका कारण पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर सोही ठाउँ बस्ने ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृती धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको हो । पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको प्रहरीले बेपत्ता भएकाहरूको खोजी तथा उद्दारको गर्ने क्रममा चारै जनाको शव फेला परेको हो । साथै घरभित्र सुतिरहेका बिर बहादुर समेत ६ जना सामान्य घाइते भएका छन् ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।