प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी नायव उपरीक्षकहरुको बिदाई, फेरी भेटौला तथा स्वागत कार्यक्रम सम्पन्न ।

२०८१-०५-०४

  • A
  • A-
  • A+
Share

धनगढी, ०४ भदौ

        आज मिति २०८१।०५।०४ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. ज्यूको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच प्रहरी नायव उपरीक्षक कलेन्द्र बिक्रम शाहीको बिदाई, प्राबिधिक प्रहरी नायव उपरीक्षक डा. नविन लागेजुको फेरी भेटौला र प्राबिधिक प्रहरी उपरीक्षक डा. शोभा वाग्लेको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

        नेपाल प्रहरी संगठनमा २९ बर्ष ५ महिना ३ दिन सम्म सेवा गरि उमेर हदका कारण अनिवार्य अवकास जानु भएका प्रहरी नायव उपरीक्षक कलेन्द्र बिक्रम शाहीको बिदाई कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा अनुशासित र निष्ठावान रहि आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरि संगठनमा पुर्‍याउनु भएको योगदानको उच्च कदर स्वरुप हार्दिक बधाई दिदै मायाको चिनो समेत प्रदान गर्नुभयो । साथै  नागरिक जीवनमा पनि समाजमा शान्ति-सुरक्षा र अमन चयन कायम गर्न वर्दी विनाको प्रहरीको रुपमा भुमिका निर्वाह गर्न आग्रह गर्नु हुँदै आगामी दिनहरुमा पनि उहाँको जीवन सुखमय र समृद्ध हुन सकोस भनि शुभकामना दिनुभयो ।

कार्यक्रममा अवकाश जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक कलेन्द्र बिक्रम शाहीले आफुले सशस्त्र द्वन्द देखि बिभिन्न राजनितिक परिवर्तनहरुमा राष्ट्र र संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म निष्ठापुर्वक सम्पन्न गरेको र प्रहरी सेवामा रहँदा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा संगठनका अग्रजहरु तथा परिवारजनबाट समेत साथ, सहयोग र शुभेच्छा प्राप्त भएको भनि आफ्नो मन्तव्य राख्नु भएको थियो । साथै उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलबाट नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाण्डौ काज सरुवा भई जानु भएका डा. नविन लागेजुले यस सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको प्रमुखको रुपमा करिव १ बर्ष कार्यरत रहँदा संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म इमान्दारी पुर्वक निर्वाह गरेको र सो क्रममा यस सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्राप्त भएको सहयोग, सुझाव, सल्लाह र सद्धभावपुर्ण निर्देशनको लागि आभार प्रकट गर्नु भयो ।

        उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक ज्यूहरु दिल्लीराज विष्ट र श्याम कृष्ण अधिकारी सहित सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१८

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९ बङ्ग्राकटान र टिकापुर न.पा.९ खक्रौलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३१,६३०।– बराबरको बिडी, सुर्ति, आँप लगायतका सामानहरु विहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० बिद्युत कार्यालय नजिक र बेलौरी न.पा.१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३८,८८०।– बराबरको पेय पदार्थ, अण्डा, मोवाईल कभर, विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०१-१८

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०१।१७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.५,०००।– जरिवाना र अभद्र ब्यबहार मुद्दामा २७ दिन कैद सजाय र रु.३,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ भगतपुर बस्ने बर्ष २३ को योगेश माल ।२. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. २,००० जरिवाना तोकिएको जिल्ला कञ्चनपुर ,लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष २२ को प्रदिप राना ।       दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०७२।०२।१३ गतेको फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ बर्ष कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला दार्चुला, मालिकार्जुन गा.पा.५ डाँडाकोट बस्ने बर्ष ३२ को हरिश राम लुहार र सोही मुद्दामा ५ महिना कैद सजाय र रु.१,०००।– जरिवाना तोकिएकी सोही ठाउँ वस्ने बर्ष ४२ की पार्वती लुहारलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले विहीवार पक्राउ गरेको हो ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१८

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.६ मटियारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० को प्रकाश रानालाई विहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली भजनी न.पा.३ जस बहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६५० मिलिग्राम सहित जोशिपुर गा.पा.५ सिमराना बस्ने १६ वर्षिय किशोरलाई विहीवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.३ सामादैजीबाट ६ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित आफ्नै घरको पछाडी सिढी नजिकबाट बर्ष २७ को केशब बोहरालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषधको कारोवार भई रहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजलाई खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कञ्चनपुर बेलौरी न.पा. १० सडकघाटबाट ६ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अटो चालक बेलडाँडी गा.पा.२ सिंहपाल बस्ने बर्ष ४७ को करन ओखेडा समेत ४ जनालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको सु.प.प्र. ०१-००१ ह ८४४३ नम्वरको डिजल अटोमा सवार निजहरु चारै जनालाई उक्त पदार्थ, अटो सहित पक्राउ गरेको हो ।    

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१७

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक र ऐ. ८ राधास्वामी मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,३९०।– बराबरको पङखा, किराना लगायतका सामानहरु वुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ५ बनगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,९७,१००।– बराबरको मोवेल, मार्वल कटर, गेटवाल, भारतिय नम्वर प्लेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु वुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।