प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०५-०६

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०५।०५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा, ऐ. ३ मिलन चोक, ऐ. १४ लब्लीचोक र भजनी न.पा.३ पकडीयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,३६,७५०।– बराबरको चिनी, सुर्ती, बिडी, खाने तेल, हिटिङ मेसिन, हिटिङ टर्च,गहना सफा गर्ने पाउडर,गहना सफा गर्ने एसिड, कार्गो झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।०५ गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. २ भाँसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६८,४२०।– बराबरको पराद, लिची जुस लगायतका सामानहरु अस्थायी प्रहरी बिट भाँसी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले महेन्द्रनगरबाट बाजुरा जाने ना ७ ख ५३३५ बसमा चेकजाँच गर्ने क्रममा फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाउने प्रक्रिया भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।