प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०५-०६

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०५।०५ गते २१:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहराबाट सोही ठाउँ बस्ने बर्ष २६ को राजकुमार चौधरीलाई २५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
    कञ्चनपुर:- मिति २०८१।०५।०५ गते १९:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ निम्बुखेडा घर भई ऐ.६ चम्मन चौराहमा गोकुलेश्वर मःमः सेन्टरका सञ्चालक बर्ष ४४ को मदन नाथको पसल तथा घरमा खानतलासी गर्दा निजको पसलबाट ७५ ग्राम र घरबाट २८५ ग्राम गरि जम्मा ३६० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।