प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा पक्राउ ।

२०८१-०५-०७

  • A
  • A-
  • A+
Share

   डडेल्धुरा:- मिति २०८१।०५।०६ गते १६:४५ बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा ५ तुफानडाँडा स्थित खडक देउवाको घरकोठामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा निज सडक देउवा सहित ६ जना मानिसहरुलाई  नगद रु. १२,३५५।- र १६० पत्ता तास सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  ।   

   बैतडी:- मिति २०८१।०५।०६ गते १७:४५ बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला बैतडी, पाटन न.पा.४ मोहनपुर स्थित बर्ष ४२ को गणेश सिंह बिष्टले सञ्चालन गरेको अन्नपुर्ण होटेलमा इलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त होटेलबाट जुवातास खेलिरहेको अवस्थामा  निज गणेश सिंह बिष्ट (होटल साहु) सहित ५ जना मानिसहरुलाई  नगद रु. ६२,७७०।- र १ गड्डी तास सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।