प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०५-०९

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०५।०८ गते १७:३० बजेको समयमा लागु औषध (चरेश) ओसार पसार तथा कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.२ तेघरी खानेपानी टोलबाट सोही ठाउँ बस्ने वर्ष ४५ की मंगली देवी धामीको घरमा रितपुर्वक खानतलासी गर्दा घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा १६ किलो १८० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र नापतौल गर्ने तराजु समेत फेला पारि उक्त पदार्थ, तराजु र निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

    दार्चुला:- मिति २०८१।०५।०८ गते २१:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, शैल्यशिखर न.पा.९ गोकुलेश्वर बजार स्थित चौलानि पुल नजिक बैतडीबाट गोकुलेश्वर दार्चुला तर्फ आइरहेको ऐ. गाजरी बस्ने वर्ष २० को सुरज महरले चलाएको सु.प.प्र.०१-००१ प २०६९ नम्बरको मोटरसाइकलाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको हेडलाइटको माथि लुकाइ छिपाई राखेको अवस्थामा १ ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु.३८,५६५ फेला पारि उक्त पदार्थ, नगद रकम, मोटरसाइकल, मोटरसाइकल चालक सहित पछाडी सवार १७ बर्षिय किशोर समेत २ जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१५

    कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३९ मिलिग्राम सहित ऐ.ऐ. बस्ने वर्ष १९ को किरण रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको छ ।               कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा न.११ गड्डाचौकी भाईरल रोड स्थितबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ०.५४ ग्राम सहित जिल्ला कञ्चनपुर शुक्लाफाटा नगरपालिका वडा न. ०५ बस्ने वर्ष २४ की प्रियका सुनार र ऐ.ऐ. बस्ने वर्ष २१ को प्रबिण सुनारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट नेपाल तर्फ पैदल हिडी आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१४

     कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाट स्थितबाट १ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र PROXIOHMSPAS नामक २८ वटा क्याप्सुल, N10 नामक २८ वटा ट्याब्लेट सहित जिल्ला कैलाली टीकापुर न.पा.५ बस्ने वर्ष २२ को रोशन सार्की सहित २ जनालाई प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले टोलीले शुक्रबार लु.प्र.०१-०१५प ४७८९ नम्बरको मो.सा.मा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ चटकपुर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२७ मिलिग्राम सहित जिल्ला डोटी जोरायल गा.पा. २ बस्ने वर्ष २५ को अमर बहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट चटकपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८३-०७-१४

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,  जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजहरुलाई पक्राउ गरेको छ ।    १. लागु औषध मुद्धामा १ वर्ष कैद सजाय तोकिएको जिल्ला डोटी जोरायल गा.पा.वडा नं १ बस्ने वर्ष २२ को किरण बिश्वकर्मा ।  २. चेक अनादर मुद्धामा रु. २,०००।–( दुई हजार ) जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने नन्द राज जैशी र   सोही मुद्दामा रु. १०००।–(एक हजार)  जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने गजेन्द्र शाही ।३. बैन्किङ कसुर मुद्दामा ७ दिन कैद सजाय  र रु.१३,५५,०००।– ( तेह्ललाख पचपन्न हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा.वडा न.१ बस्ने वर्ष ३६ को सरोज चौधरी ।