प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०५-१६

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०५।१६ गते ०१:१० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ०१ धनगढी रोड पाठक पेट्रोल पम्प नजिक धनगढी-अत्तरिया सडक खण्डमा धनगढीबाट अत्तरिया तर्फ आउदै गरेको ना ४ ख ९६३ नम्बरको ट्रक सडकको छेउमा रोकि राखेको अवस्थामा सोहि दिशा तर्फ आउदै गरेको  से ५ प ५८२७ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठोक्किन गई मोटरसाइकल चालक धनगढी उ.म.न.पा. ०२ बस्ने बर्ष २९ को कैलाश थापा गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २५ को भुपेश पालको पदमा अस्पताल अत्तरिया उपचार भईरहेको, ट्रक र ट्रक चालक जिल्ला बझाङ, बित्थडचिर गा.पा. ०२ बस्ने बर्ष २४ को भरत बोहरालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।