प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०५-२२

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०५।२१ गते २१:३० बजेको समयमा जिल्ला कैलालीगोदावरी न.पा. ०१ धनगढी रोड स्थित अत्तरिया विद्युत कार्यालय नजिक अत्तरिया-धनगढी सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको चालक नामथर, वतन खुल्न नआएको  सु.प.प्र.०१-००८ प ९९९८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा चालक गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा ऐ.२२:२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।