प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८१-०५-२३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०५।२२ गते ०९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली, टिकापुर न.पा.१ खडकचोकबाट नम्बर पिलेट स्पष्ट नदेखिने ऐ. ५ भगरैया बस्ने बर्ष ४७ को खुसिराम चौधरीले चलाएको ट्याक्टरमा अबैध खयरको काठ गोलीया थान-१९ (९५.८९ क्युफिट)  फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहितको ट्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव-डिभिजन वन कार्यालय टिकापुर, कैलालीमा बुझाएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।