अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।२३ गते कैलाली जिल्लाको
बिभिन्न स्थानहरु भजनी न.पा.३ कनैयापुर, ऐ.५ लालबोजी र जोशीपुर गा.पा.३
मनिकापुरबाट
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,०४०।– बराबरको प्याज, चिनी, आलु, भाँडावर्तन लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।२३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१५ गोबरिया, दोधारा चाँदनी न.पा.७ कञ्जभोज र बेलौरी न.पा. वडा न.६ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,२७,९००। बराबरको चिनी, बिभिन्न प्रकारका औषधि, पेय पदार्थ, बिडी, सुर्ती, प्लाष्टिक कुर्ची, प्लाष्टिक बाटा, सुटपिस, स्कुटर थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।