प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०५-२५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०५।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, ऐ.१४ “C” गाउँ र  कैलारी गा.पा.७ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४५,१००।– बराबरको प्याज, हार्डवेयरका सामान, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

     कञ्चनपुर:- मिति २०८१।०५।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ ब्रहमदेबऐ. ११ चौकीसत्ता र बेलौरी न.पा.२ दिनापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,४७,८५०।– बराबरको बिडी, सुर्ती,  खानेतेल, तोरी, कस्मेटिक सामान, हार्डवेयरका सामान, किरानाका सामान, जुत्ता, चप्पल, मोबाईल कभर, बच्चाको साइकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०६-२५

     कैलाली :- मिति २०८१/०६/२४ गते जिल्ला कैलाली, भजनी न.पा.७ हिक्मतपुर घाटबाट भारतबाट भन्सार छलि गरि ल्याएका चिनी र नमकिन लगायतका अन्दाजी मूल्य रु.४,६६०/- (चार हाजार छसय साठी)  बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत इलाका प्रहरी कार्यालय पृथ्बीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।    कञ्चनपुर :-  मिति २०८१।०६।२४ गते कञ्चनपुर जिल्लाको बेलौरी न.पा.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका चिनी, बिडी, सुर्ती र डिउ लगायतका अन्दाजी मूल्य रु १८,१७०/- बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमातहत प्रहरी चौकी पचुई बाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।