प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०५-२६

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०५।२५ गते १६:०० बजेको समयमा इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट शंका लागि चेकजाँच गर्दा ऐ. न.पा. ७ बस्ने बर्ष २२ को केशव राज भट्ट र बर्ष २३ को भरत जाग्रीलाई ५.०५ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

   यसैगरी,  मिति २०८१।०५।२५ गते १९:३० बजेको समयमा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ पक्की पुल नजिकबाट शंका लागि चेकजाँच गर्दा ऐ. भि.न.पा.१२ बस्ने बर्ष २२ को आशिष जोशीलाई ०.२६ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।