प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध (चरेश) सहित मानिस पक्राउ

२०८१-०६-०१

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:- मिति २०८१।०५।३१ गते २०:१५ बजेको समयमा प्रहरी चौकी पोखरा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले जिल्ला डडेल्धुरा, अमरगढी न.पा.७ पोखरा बजारबाट सोही ठाउँ बस्ने बर्ष ३५ को तेज कैनीलाई शंका लागि चेकजाँच गर्दा ०८ ग्राम लागू औषध चरेश जस्तो  देखिने कालो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     यसैगरी, मिति २०८१।०५।३१ गते २०:१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट राजुल, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले जिल्ला डडेल्धुरा, अजयमेरू गा.पा. ६ भण्डारीगाउँबाट सोही ठाउँ बस्ने बर्ष ४५ को राज सिंह भण्डारीलाई शंका लागि चेकजाँच गर्दा ४७.३४ ग्राम लागू औषध चरेश जस्तो  देखिने कालो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।