प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०६-०३

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८१।०६।०२ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहा र ३ मिलनचोक, ऐ. ४ बसपार्क, गोदावरी न.पा.४ हनुमान मन्दिर नजिक र भजनी न.पा ७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८२,३८५।– बराबरको प्याज, चिनी, बिस्कुट, मसला, सुटपिस, कुर्ती, साडी, थान कपडा, इन्टरनेट केवल तार, इन्टरनेट राउटर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०६।०२ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.८ पचुँई, ऐ. १० शिबनगर  र पुनर्वास न.पा.३ IBRD बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८१,८००।– बराबरको चिनी, बिडी, सुर्ती, खानेतेल, बिस्कुट, पेय पदार्थ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।