प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०६-०४

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८१।०६।०३ गते १४:०० बजेको समयमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकी स्थित नेपाल भारत सिमानाबाट ऐ. ३ बस्ने बर्ष ३० को टेकेन्द्र भट्ट र ऐ. ६ बस्ने बर्ष ३० को गणेश पाण्डेयलाई ०.९५ ग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र puroxowin spas लेखिएको ११ वटा क्याप्सुल सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।