प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०६-०५

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८१।०६।०४ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ दिपटोल र राम जानकी मन्दिर नजिक, ऐ. ३ ट्राफिक चौराहा र चटकपुर, ऐ. ७ बेली, ऐ. १२ कम्पनी टोल, गोदाबरी न.पा.२ महेन्द्रनगर रोड, टीकापुर न.पा.७ डाडाबोझी, ऐ. ९ बटनपुर, भजनी न.पा.९ पहलवान भुरुवा जंगल र  कैलारी गा.पा.७ रामपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,०३,२८०।– बराबरको प्याज, चिनी, चक्लेट, सुटपिस, कुर्ती, वानपिस, प्लाजु, थान कपडा, बच्चाको कपडा, गन्जी, मेक्सि, पाईन्ट, दोपट्टा, सुर्ती, मसला, चप्पल, जुत्ता, कस्मेटिक सामान, किरानाका सामान, ट्याक्टर व्यारिङ, ट्याक्टर बल्व, स्विच, अटोमेटिक स्विच, इन्जन सिल, डिजल फिल्टर, रिङ, तामा वासर ,फल्टर, फेबिकल, नोजल रबर, खेलौना   लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०६।०४ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. २ भासी र लालझाडी गा.पा.४ देखतभुलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९७,१५०।– बराबरको चिनी, बिडी, पेय पदार्थ, हाप पाईन्ट, मोटरसाइकल थान-१  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    बैतडी:- मिति २०८१।०६।०४ गते १६:४० बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.१० आधार पिण्ड स्थित गोठलापानी झुलाघाट सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २५,१५७।– बराबरको चिनी, मिश्री, खानेतेल, बिडी, सुर्ती लगायतका सामानहरु  जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।