प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०६-०६

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०६।०५ गते २२:४५ बजेको समयमा लागू औषध बिक्री बितरण गरीरहेका छन भन्ने गोप्य सुचनाको आधारमा  इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखडबाट हाल सोही ठाउँ कोठा गरि बस्ने ऐ. जानकी गा.पा. ५ घर भएका बर्ष ३५ को फयाज आलिजागा र भारत तिकुनिया घर बताउने बर्ष २१ को मोहित आलिनलेलाई १ ग्राम ३३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

    कैलाली, लम्कीचुहा नगरपालिका-७ नयाँ बस्तिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ गुलरा बस्ने ३७ वर्षीय जनक कुमार मिजार र बर्दगोरिया गाउँपालिका-४ बस्ने २६ वर्षीय तेज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  



सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।