प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०६-०७

  • A
  • A-
  • A+
Share

    कैलाली:-  मिति २०८१।०६।०६ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहा, बडहरा र त्रिनगर, ऐ.९ त्रीवेणीघाट, टीकापुर न.पा. ९ बालुवाटार बर्दगोरिया गा.पा.१ टिनबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२८,३४२।– बराबरको प्याज, चिनी, मसला,  बिडी, सुर्ती, सरप, बदाम, किसमिस, नरिवल धुलो, मिठाई, मिलको चक्का ,मिलको बेल्ट, मोबिल, मोबिल फिल्टर, ट्याक्टरका पार्ट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०६।०६ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु पुनर्वास न.पा.६ “ङ” गाउँ र बेलौरी न.पा.५ रामनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,६००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ती, अण्डा, सुटपिस, कुखुराको चल्ला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।