प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०६-०८

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८१।०६।०७ गते २३:२० बजेको समयमा जिल्ला बैतडी, मेलौली न.पा.६ लामालेक बजार स्थित राम दत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी स्टोर एण्ड आटा चक्कि खुद्रा पसलमा आगलागी हुँदा पसल भित्र रहेका लत्ता कपडा, आटा चक्की, खुद्रा समान लगायतका सम्पुर्ण सामानहरु गरी अन्दाजी मुल्य रु.३५,००,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

    अछाम:- मिति २०८१।०६।०७ गते १६:०० बजेको समयमा जिल्ला अछाम, चौरपाटी गा.पा.३ गगुडा बस्ने प्रसादे साउदको ढुंगा माटोले बनेको खरले छाएको २ तले २ कोठे कच्ची घरमा निजको छोरा बर्ष ७ को केस साउदले घरमा कोही नभएको अबस्थामा लाईटरले खेल्ने क्रममा घरमा आगलागी हुँदा घर तथा घरभित्र रहेका लत्ता कपडा,अन्नपात भाडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।