प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा १६ जना पक्राउ

२०८१-०६-०८

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।०६।०८ गते ०२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० सुकासाल स्थित सोही ठाउँ बस्ने बर्ष ४२ को करन चन्दले संचालन गरेको करन किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा निज करन चन्द सहित ६ (छ) जना मानिसहरुलाई पक्राउ गरेको, गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुलाई नगद रु.४२,७७०।- र १० गड्डी तास सहित पक्राउ गरेको ।

     यसैगरी,  मिति २०८१।०६।०८ गते ०३:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.५ धरमपुर स्थित राजेन्द्र बोहराको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष ४४ को जय बहादुर बोहरा सहित १० (१०) जना मानिसहरुलाई पक्राउ गरेको, गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुलाई नगद रु.२३,१०५।- र १० गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 




सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।