प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०६-०९

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८१।०६।०८ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ पक्कीकुवा, ऐ.१९ लल्लीपुर घाट, भजनी न.पा.६ नवलपुर, गौरीगंगा न.पा.११ सितापुर  र  जोशीपुर गा.पा.४ लक्कड मन्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८७,८५०।– बराबरको प्याज, चिनी, बिडी, पेय पदार्थ, जुत्ता, छिद्रा माछा  लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

     कञ्चनपुर:- मिति २०८१।०६।०८ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. २ भाँसी, ऐ. ६ ऐठपुर, ऐ.१८ मदनचोक,  बेलौरी न.पा.२ वनशक्ति, ऐ. ६ बैशाखी, पुनर्वास न.पा. १ बादलचोक, ऐ. ९ खड्डाघाट, ऐ. ११ डोकेबजार र दोधारा चाँदनी न.पा.१ पक्की पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,७७,६२५।– बराबरको चिनी, गुड, दाल, पेय पदार्थ, मसला, सरफ, सुर्ती, बिस्कुट, मिठाई, जुत्ता, साईकल हेण्डल, टायर, ट्युब, ब्रेकतार, तिल्ली, पाइडल, किला, टिका थाली, टिनको जाली,पंखा,ड्रिल मेसिन, मोटरसाइकलमा प्रयोग हुने पाटपुर्जा, कराइ, फराइबिन, परात, डेक्ची  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।