प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ

२०८१-०६-१०

  • A
  • A-
  • A+
Share

      बाजुरा:- मिति २०८१।०६।०९ गते १४:३० बजेको समयमा इलाका प्रहरी कार्यालय स्वामिकार्तिक, बाजुराबाट खटि गएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा घर तथा वारिमा खाँनतलासी गर्दा जिल्ला बाजुरा, स्वामीकार्तिक खापर गा.पा.३ रिवडा बस्ने बर्ष ४० को धिरेन्द्र शाहीको घर नजिक, घर तथा संकासपद स्थान खानतलासी गर्दा घर नजिकै रहेको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा अबैध भरुवा बन्दुक थान -१  र सोही ठाउँ बस्ने बर्ष ३० को रमेश शाहीको छानो (गोठ) भित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध भरुवा बन्दुक थान-१ फेला पारी उक्त बन्दुक बरामद गरी निजहरुलाई बरामद उल्लेखित हातहतियार सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।