प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०६-१२

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०६।११ गते १५:०० बजेको समयमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजारबाट जिल्ला लखिमपुर पलिया भारत बस्ने बर्ष २० को बिकाश पालले बेचिरहेको र जिल्ला बाजुरा, बुढीनन्दा न.पा.७ कोल्टी बस्ने १८ बर्षिय किशोरले किनिरहेको अवस्थामा १ ग्राम १७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
    कैलाली:- मिति २०८१।०६।११ गते २१:०० बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ शिवनगर स्थित चैतन्य पाठशाल नजिकबाट ऐ.१ बस्ने बर्ष २४ को भरत राज जोशीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेलापरेकोमा निजसँग सोधपुछको क्रममा प्राप्त सूचनाको आधारमा  ऐ.५ बस्ने बिनय थापाको घरमा खाँनतलासी गर्दा बिनय थापाको कोठाबाट ७४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ गरी जम्मा ८२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित भरत राज जोशीलाई नियन्त्रणमा लिएको, बिनय थापा भागी फरार रहेको,   थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।