प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०६-१२

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०६।११ गते १५:०० बजेको समयमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजारबाट जिल्ला लखिमपुर पलिया भारत बस्ने बर्ष २० को बिकाश पालले बेचिरहेको र जिल्ला बाजुरा, बुढीनन्दा न.पा.७ कोल्टी बस्ने १८ बर्षिय किशोरले किनिरहेको अवस्थामा १ ग्राम १७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
    कैलाली:- मिति २०८१।०६।११ गते २१:०० बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ शिवनगर स्थित चैतन्य पाठशाल नजिकबाट ऐ.१ बस्ने बर्ष २४ को भरत राज जोशीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेलापरेकोमा निजसँग सोधपुछको क्रममा प्राप्त सूचनाको आधारमा  ऐ.५ बस्ने बिनय थापाको घरमा खाँनतलासी गर्दा बिनय थापाको कोठाबाट ७४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ गरी जम्मा ८२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित भरत राज जोशीलाई नियन्त्रणमा लिएको, बिनय थापा भागी फरार रहेको,   थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।