प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा २१ जना पक्राउ

२०८१-०६-१३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०६।१२ गते १५:३० बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.१ बिजयनगर स्थित बर्ष ६६ को केशव सिंह गुरुङको घरमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा निज घर धनी सहित केशव सिंह गुरुङ सहित ९(नौ) जनालाई पक्राउ गरेको,  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. ३१,३७०।- र तास सहित पक्राउ गरेको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

      कैलाली:- मिति २०८१।०६।१२ गते १५:३० बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ भानु चोक स्थित बिष्णु चौधरीको घरमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष ३२ को राम सिंह चौधरी सहित १२ (बाह्र) जनालाई पक्राउ गरेको,  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. ३३,७५०।- र तास सहित पक्राउ गरेको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।