प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०६-१६

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८१।०६।१५ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १ कटान पुल नजिक, ऐ. २ बैयाबेहडी र ट्राफिक चौराह, ऐ. ३ मिलनचोक,  ऐ. ४ बसपार्क, ऐ. ८ धनगढीगाँउ, भजनी न.पा. ७ नया बस्ती, ऐ. ९ पहलमान, टीकापुर न.पा.९ पायलगाउ र जोशीपुर गा.पा.४ लक्कडमन्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,५४,०४०।– बराबरको प्याज, चिनी, मिश्री, मिठाई, पेय पदार्थ, बिडी, सुर्ती, सुपारी, कपडा सिलाउने मेसिन, प्लाष्टिक झिल्ली, सुटपिस, लेहंगाङ, कुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०६।१५ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.६ बैशाखी र ऐ.७ पौलाहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,७२,४९०।– बराबरको चिनी, सुटपिस, चप्पल, जुत्ता, साडी, बिडी, सुर्ती, प्लाष्टिक डोरी, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।